ट्रोलियम पदार्थको मुल्यबृद्धिको बिरोधमा काठमाडौंमा विद्यार्थीको प्रदर्शन

ट्रोलियम पदार्थको मुल्यबृद्धिको बिरोधमा काठमाडौंमा विद्यार्थीको प्रदर्शन

काठमाडौं, ६ फागुन । सरकारले पेट्रोलियम पदार्थको मुल्य बढाएको विरोधमा काठमाडौंमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। राजधानीका आरआर कलेज, नेपाल कमर्स क्याम्पस, त्रिचन्द्र क्याम्पसलगायतका कलेजहरु अगाडि विद्यार्थीहरुले पेट्रोलियम पदार्थको मुल्य बृद्धिको बिरोधमा प्रदर्शन गरेका हुन्।

आरआर कलेजअघि अनेरस्ववियुका विद्यार्थीले सडकमा टायर बालेका थिए। गत हप्ता माघ २८ गते बुधबार मात्रै खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले फागुन ४ गते मंगलबार पुनः मूल्य बृद्धि गरेको हो।

उपभोक्ताले पेट्रोल लिटरको १ सय १४ रुपैयाँ र डिजल तथा मट्टितेल ९७ रुपैयाँ तिर्नुपर्ने भएको छ। निगमले एक महिनाको अवधिमा यो तेस्रो पटक मूल्य वृद्धि गरेको हो। माघ ६ गते निगमले तेलको मूल्य बढाएको थियो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको जिकिर गर्दै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

प्रकाशित मिति:     ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar