यी ७ बीमा कम्पनीको आइपीओ आउँदै

यी ७ बीमा कम्पनीको आइपीओ आउँदै

काठमाडौं । ७ बीमा कम्पनीले एक वर्षको अवधिमा आइपीओ जारी गर्ने छन् । बीमा समितिबाट नयाँ जीवन बीमा कम्पनीको लाइसेन्स पाएका १० मध्ये ३ वटा कम्पनीले आइपीओ जारी गरिसकेका छन् भने अब ७ वटा कम्पनी आइपीओ निष्कासनको प्रक्रियामा रहेका छन् ।

सिटिजन लाइफ, युनियन लाइफ, रिलायबल नेपाल, सन् नेपाल, आइएमई, सानिमा र महालक्ष्मी लाइफ इन्स्योरेन्सले आइपीओ जारी गर्न आवश्यक प्रक्रिया पूरा गरिसकेका छन् ।

आइपीओ जारी गर्न लागेका यी सातवटै कम्पनीको वित्तीय विवरणहरु पनि निकै राम्रा रहेको छ ।कम्पनीको त्रेस्रो त्रैमासको वित्तीय विवरण अनुसार खुद बिमा शुल्क, कुल बिमा शुल्क, जीवन बिमा कोषको आकार निकै राम्रो छ ।

प्रकाशित मिति:     १४ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar