सोमबार यी चार कम्पनीको शेयर मूल्यमा उच्च बृद्धि

सोमबार यी चार कम्पनीको शेयर मूल्यमा उच्च बृद्धि

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्सेमा चार वटा कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि भएको छ । उक्त अवधिसम्ममा सबैभन्दा बढी बरुण हाइड्रोपावरको शेयरमूल्य बढेको छ ।

बरुणको शेयर मूल्य ९.९५ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी युनाइटेड इदी मर्दी आरबि हाइड्रोपावरको शेयर मूल्य ९. ८९ प्रतिशत, माउन्टेन हाइड्रोको ९.८७ र ग्रीन डेभलपमेण्ट बैंकको शेयर मूल्य ९.४५ प्रतिशतले वृद्धि भएको छ ।

यी चारवटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्यमा वृद्धि भएको हो । बरुण हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ४४२, युनाइटेड इदी मर्दीको ५११, माउन्टेनको ३४५ र ग्रीन डेभलपमेण्ट बैंकको शेयरमूल्य ३०१ रुपैयाँ पुगेको छ ।

सोमबार शेयर कारोबार रकममा नयाँ रेकर्ड कायम भएको छ । यो दिन १३ अर्ब १७ करोड रुपैयाँको शेयर कारोबार भएको छ। हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी १ अर्ब २४ करोड रुपैयाँ बढीको शेयर काराबार भएको छ।

प्रकाशित मिति:     १० जेष्ठ २०७८, सोमबार  |    Himali Khabar