काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार दुई वटा कम्पनीको सेयरमूल्यमा सर्किट लागेको छ । बिहीबार मञ्जुश्री गुडवील फाइनान्सको सेयर मल्यमा सर्किट लागेको हो ।
दुबै फाइनान्सको सेयर मूल्य हिजोको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ ।
ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा खरीदकर्ता धेरै भएकाले सेयर मूल्य बढेको हो । गुडवील फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ३९६ र मञ्जुश्री फाइनान्सको सेयर मूल्य ५९४ रुपैयाँ पुगेको छ ।
यो दिन ९ अर्ब ५० करोडको शेयर कारोबार भएको छ ।