कम्तिमा ५ आर्थिक वर्षको विवरण वेवसाईटमा राख्न बोर्डको निर्देशन

कम्तिमा ५ आर्थिक वर्षको विवरण वेवसाईटमा राख्न बोर्डको निर्देशन

काठमाडौं, ६ फागुन । नेपाल धितोपत्र बोर्डले बिहीबार निर्देशन जारी गर्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सुचीकृत कम्पनीहरुलाई पछिल्लो ५ वर्षको वित्तीय विवरण सार्वजनिक गर्न भनेको हो । बोर्डले नेप्सेलाई कम्पनीको वार्षिक प्रतिवेदन, त्रैमासिक प्रतिवेदन तथा प्रमुख वित्तीय सूचकहरु व्यवस्थीत रुपमा वेवसाईटमा राख्न भनेको हो । बोर्डले नेप्सेलाई सुचीकृत कमपनीको पछिल्लो ५ वर्षको वित्तीय जानकारी वेवसाइटमा राख्न भनेको छ । नेप्से संगै सुचीकृत कम्पनीले पनि आफ्नो वेवसाइटमा पछिल्लो ५ वर्षको कम्पनी सम्बन्धि तथ्याङक वेवसाइटमा राख्न निर्देशन दिएको छ।

सूचीकृत कम्पनीबाट प्राप्त वार्षिक प्रतिवेदन त्रैमासिक प्रतिवेदन प्रतिवेदनमा उल्लेख भएका प्रमुख वित्तीय सूचकाकहरू वेभसाइटमा राख्न बोर्डले निर्देशन दिएको हो । साथै बोर्डले सुचीकृत कम्पनीले कम्तीमा ५ वर्षको प्रमुख वित्तीय विवरणहरुको चार्ट सहितको प्रोफाइल तयार गरी वेभसाइटमा राख्नुपर्ने व्यवस्था गरेको छ ।

सुचीकृत कम्पनीको हकमा अनिवार्य रुपमा कम्पनीको प्रोफाइल, सञ्चालक समिति, व्यवस्थापन प्रमूख तथा सुचना अधिकारी तोकि वेवसाइटमा राख्नुपर्ने व्यवस्था गरेको छ । बोर्ड सुचीकृत कम्पनीको लेटर हेडमा वेवसाइट समेत उल्लेख गर्न निर्देशन दिएको छ ।

निर्देशन अनुसार काम भए नभएको जिम्मेवारी नेप्सेका प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव वा अनुपालना अधिकृत रहने पनि बोर्डले जनाएको छ । त्यसैगरी बोर्डले सुचीकृत कम्पनीको सन्दर्भमा पनि प्रमूख कार्यकारी अधिकृत, कम्पनी सचिव र अनुपालना अधिकृतलाई जिम्मेबारी तोकिदिएको छ । यो व्यवस्था पालना भए नभएको सन्दर्भमा धितोपत्र बोर्डले फागुन मसान्त देखि अनुगमन गर्ने समेत जनाएको छ ।

प्रकाशित मिति:     ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar