काठमाडौं । काठमाडौं- हेटौँडा पोडवे सम्भाव्यता अध्ययन गर्न लगानी बोर्डको अनुमति दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबारबसेको बोर्ड बैठकले पोडवे यातायात सञ्चालनका निम्ति सम्भाव्यता अध्ययन गर्न अनुमति दिने निर्णय गरेको हो ।
काठमाडौं पोडवे कम्पनी प्रालिले काठमाडौंदेखि हेटौँडा हुँदै वीरगञ्जसम्म ९७ किलोमिटर लामो पोडवे यातायात सञ्चालन गर्न लगानी बोर्डमा प्रस्ताव गरेको थियो । उसले ७१ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ ।काठमाडौं–हेटौँडाको सम्भाव्यता अध्ययन सकिएपछि मात्र हेटौँडा–वीरगञ्जका लागि अध्ययन गर्न अनुमति दिने योजना बोर्डका प्रवक्ता प्रध्युमन उपाध्यायले जानकारी दिनुभयो ।

नयाँ प्रविधि भएकाले पूर्वाधार बनाउन आर्थिक, प्राविधिक, वातावरणीय र सामाजिक पक्षको अध्ययन गर्नुपर्ने छ। कम्पनीले आफ्नै लगानीमा अध्ययन गरिने काठमाडौं पोडवेका उपाध्यक्ष निल भट्टराईले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षको बजेटमा सरकारले हेटौँडा–काठमाडौंमा रहेको रोपवेको विकल्पमा पोडवे पूर्वाधार बनाउने योजना ल्याएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रोपवेको विकल्पमा पोडवे सञ्चालनका निम्ति आवश्यक अध्ययन गर्न बजेट विनियोजन गरेका छन । तर कम्पनी आफैले आफ्नै लगानीमा गर्दै छ ।
कहाँ कहाँ भएको छ अध्ययन
संसारमा विभिन्न किसिमका यातायात प्रणाली छ । जस्तो, रेल, मोनोरेल लगायत तिनीहरु जस्तै पोडवे पनि एउटा नविन प्रविधि आधारिक यातायात साधन हो । यसको प्रिन्सिपल चाहि रेलसँग मिल्छ । रेललाई यन्त्रको सहायताले लिकमा हिड्ने यातायात हो ।
कम्पनीले एभरेष्ट बेसक्यापमा पनि यो चलाउने गरि अध्ययन गरेको छ । यस्तै सुर्खेतदेखि लिमिसम्मको पनि अध्ययन गरेको उपाध्यक्ष भट्टराईले जानकारी दिनुभयो । यस्तै काठमाडौं उपत्यकामा एकसय किलोमिटर क्षेत्रमा अध्ययन गरेको छ भने लुम्बिनी विकास कोष भित्र ६ किलोमिटर अध्ययन गरेको छ ।