वैदेशिक रोजगार व्यवसायी संघमा भण्डारी नेतृत्वको कार्यसमितिले केके काम गर्यो ?

वैदेशिक रोजगार व्यवसायी संघमा भण्डारी नेतृत्वको कार्यसमितिले केके काम गर्यो ?

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले २ वर्षको अवधीमा व्यवसायी तथा कामदारको ३४ सय उजुरी तथा गुनासाहरु समाधान गरेको छ ।

राजेन्द्र भण्डारी नेतृत्वको वर्तमान कार्यसमितिले गुनासो सुनुवाईको सम्यन्त्र अन्तरगत वैदेशिक रोेजगार विभाग श्रमग्राम परिसरमा उजुरी, गुनासा सुन्न र समाधान गर्न दुई कोठे मेलमिलाप कक्ष निर्माण गरि उक्त उजुरीमा सहजीकरण गरी श्रमिकलाई उचित क्षतिपूर्ति दिएको जनाइएको छ । आज आफ्नो कार्यकालको उपलब्धी सार्वजनिक गर्दै अध्यक्ष भण्डारीले संघ स्थापनाको ३२ वर्षपछि आफ्नै प्रशासनिक भवन पाएको जानकारी दिनुभउो ।

संघमा आवद्ध करिव एक हजार व्यवसायीहरुको छाता संस्थाको आफ्नै भवन खरिद गर्न सक्नु बर्तमान कार्यसमितिको प्रमुख उपलब्धीको रुपमा लिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले हिजो संघ भवनको औपचारिक उद्घाटन गर्नुभएको हो ।

संघको वर्तमान कार्यसमितिमा देखिएको एकता र परिणाममूखी काम गर्ने शैलीकै कारण संघको अगुवाईमा एकपछि अर्को उपलब्धीहरु हाँसिल भएको अध्यक्ष भण्डारीको दाबी छ ।

संघको ३१ औं बार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रम २०८१ फागुन २ गते निर्धारण गरिएकोमा स्थगित भएको थियो । स्थगित साधारणसभा २०८२ असार १७ गते गर्ने निर्णय गरिएकोमा २०८१ चैत २९ गतेका लागि घोषणा गरिसकेको छ ।

यूएईमा रोजगार मेला आयोजना गर्नुका साथै साउदी, कतार, यूएई, मलेसियालगायतका मुलुकमा स्थलगत भ्रमण तथा अन्र्तक्रिया कार्यक्रम गर्न सफल गरेको, विदेशमा रहेका नेपाली कुटनैतिक निकायमा नयाँ नियुक्त भएका राजदूत, श्रम सहचारी तथा श्रम काउन्सिलरसँग भेटघाट तथा अन्र्तक्रिया गरेको, अन्तर्राष्ट्रिय फोरममा सहभागिता जनाएर व्यवसायीको आवाज उठाउनुलाई महत्वपूर्ण उपलधीको रुपमा लिएको छ ।

सय संख्याको बाध्यात्मक प्रावधानलाई २ पटकसम्म बाधाअड्काउ फुकाउने काम गराउन सफल र यो व्यवस्थालाई ऐनबाट हटाउने काम अन्तिम चरणमा पु¥याएको पनि अध्यक्ष भण्डारीले जानकारी दिनुभएको छ । साथै वैदेशिक रोजगार व्यवसायमा लगाउन खोजिएका सिण्डिकेटका प्रयासलाई विफल बनाउन सफल साथै हालसालै मात्र मलेसिया रोजगारमा गएका कामदारलाई ४५ डलर रोजगारदाता मार्फत लाद्न खोजेकोमा यसको विरुद्ध आन्दोलन गरेर यसलाई हटाउन वर्तमान कार्यसमिति सफल भएको उहाँको भनाई छ ।

यस्तै यूरोपको मागपत्र प्रमाणिकरण खुलाउन, साउदी आइडी खुलाउन, कोरिया, जापान तथा इजरायल रोजगारीमा व्यवसायीहरुको पहुँच पु¥याउन, नयाँ र आकर्षक रोजगार गन्तव्य विकास गर्न साथै वैदेशिक रोजगार ऐन २०६४ संशोधनमा उल्लेख्य सफलता भएको बताइएको छ ।

प्रकाशित मिति:     २५ चैत्र २०८१, मंगलवार  |    Himali Khabar