नेपाल दालमाेठ उत्पादक संघमा बन्याे नयाँ कार्यसमिति

नेपाल दालमाेठ उत्पादक संघमा बन्याे नयाँ कार्यसमिति

काठमाडौं । नेपाल दालमाेठ उत्पादक संघमा नयाँ नेतृत्व चयन भएकाे छ । आज काठमाडौंमा सम्पन्न संघकाे १९ ओै वार्षिक साधारणसभाबाट हेमकान्त पराजुलीकाे नेतृत्वमा नयाँ कार्यसमिति गठन भएकाे हाे । पराजुलीले पूर्वअध्यक्ष प्रत्युस आचार्यलाई पराजित गरे ।

उपाध्यक्षमा विष्णुप्रसाद रिमाल, सचिवमा भुवन श्रेष्ठ, काेषाध्यक्षमा हरिकुमार दुलाल र सदस्यहरूमा राेशन पाण्डे, सुनिल केसरी र सराेज घिमिरे निर्विरोध निर्वाचित भए । नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष सन्ताेषकुमार पाण्डे प्रमुख अतिथि रहेकाे कार्यक्रममा नेपाली उपभोक्ता महासंघका अध्यक्ष चन्द्र साउद, नेपाल वितरक संघका अध्यक्ष रामहरि घिमिरेलगायतकाे आतिथ्यतामा कार्यक्रम सम्पन्न भयाे । कार्यक्रममा प्रमुख अतिथि पाण्डेले गुणस्तरीय उत्पादनमा जाेड दिई आयातलाई कम गरि निर्यात गर्न सुझाव दिए ।

नवनियुक्त काेषाध्यक्ष दुलालले नेपाली दालमाेठकाे गुणस्तर बढाउँदै आधुनिक प्रविधिलाई आत्मसाथ गरि नेपालमा उत्पादित कच्चा पदार्थकाे उच्च प्रयाेग गरि विदेशमा समेत निर्यात गर्न याेग्य बनाउने प्रतिवद्दता व्यक्त गरे ।

प्रकाशित मिति:     २९ भाद्र २०८१, शनिबार  |    Himali Khabar