सोमबार साढे ९ अर्बको सेयर कारोबार, किन आकर्षित भए लगानीकर्ता ?

सोमबार साढे ९ अर्बको सेयर कारोबार, किन आकर्षित भए लगानीकर्ता ?

काठमाडौं । सोमबार सेयर बजार २०.७ अंकले बढेर परिसूचक २७५९.२१ विन्दुमा उक्लिएको छ।

सोमबार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ४५ अंकले वृद्धि भएको छ । आइतबार १० अर्ब माथिको सेयर कारोबार भएकोमा सोमबार पनि ९ अर्ब ५७ करोड रुपैयाँ माथि कारोबार भएको छ।

नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश कम्पनीहरुको सेयर मूल्य सोमबार बढेको छ । आईपीओ सूचीकृत भएसँगै लगातार बढिरहेको रुरु जलविद्यतु कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर प्रतिकित्ता ९ सय ६८ रुपैयाँ पुगेको छ ।

समता घरेलु लघुवित्त तथा राधी जलविद्युतसहित ११ कम्पनीको सेयर मूल्य सोमबार ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

कोरोनाले अन्य क्षेत्रमा लगानीको उपयुक्त अवसर नदेखेका लगानीकर्ताहरुले सेयर किन्दा कारोबार उच्च भएको जानकार बताउँछन् ।

प्रकाशित मिति:     ३ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar