लाइन काटिएका उद्योगमा बिजुली जाेड्न प्रधानमन्त्रीको निर्देशन 

लाइन काटिएका उद्योगमा बिजुली जाेड्न प्रधानमन्त्रीको निर्देशन 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशन कुलमान घिसिङलाई लाइन काटिएका उद्योगमा आजै  बिजुली जोड्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले दिउँसो सबै पक्षलाई बोलाएर छलफल गर्नुभएको थियो

सबैको ब्रिफिङ लिएपछि यस विषयमा सरकारले आगामी दिनमा ठोस निर्णय गर्ने प्रतिवद्धता व्यक्त गर्दै लाइन काटिएका उद्योगमा आजै बिजुली जोड्न निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्रीले यसो भनिरहँदा प्राधिकरणका प्रवन्ध निर्देशन घिसिङले बिजुली जोड्नका लागि सञ्चालक समितिको निर्णय आवश्यक रहेको भन्दै आइतबार मात्रै सञ्चालक समितिको बैठक गरेर निर्णय गरेपछि मात्रै बिजुली जाडिने जवाफ दिनुभएको थियो ।

प्रकाशित मिति:     ४ श्रावण २०८१, शुक्रबार  |    Himali Khabar