भन्सार छलेर आउने मोबाइलमा प्रतिबन्ध लगाउन व्यवसायीको माग

भन्सार छलेर आउने मोबाइलमा प्रतिबन्ध लगाउन व्यवसायीको माग

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले भन्सार छलीबाट आउने मोबाइलमा प्रतिबन्ध लगाउन माग गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले भन्सार छलीबाट मोबाइल भित्रँदा राज्यलाई अर्बौं रुपैयाँ राजस्व नोक्सानी भइरहेको र व्यवसायीलाई पनि असर पारिरहेको भन्दै प्रतिबन्ध लगाउनुपर्ने माग गरेको हो ।

अध्यक्ष भट्टराई

महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले वार्षिक एक अर्ब ८० करोड रुपैयाँ बराबरको मोबाइल सेट विदेश भ्रमणमा गएर फर्किएका र आफन्तहरूले पठाउँदा नेपाल भित्रिएको बताए । त्यस्तै, खुला सीमानबाट राजस्व छलेर प्रतिमहिना पाँच हजार ५०० का दरले नेपालमा आइरहेको महासंघको दाबी छ ।

राज्यले भन्सार छलीबाट आउने यस्ता प्रकारका मोबाइल सेटहरूमा प्रतिबन्ध लगाउनुपर्ने उनले माग गरे । उनले यस किसिमका कारोबारको अन्त्य गर्न सरकारले तत्काल एमडीएमएस प्रणाली लागु गर्नुपर्नेमा जोड दिए । महासंघले जेठ २५ गते दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभा आयोजना गरिएको जानकारी गराएको छ ।

प्रकाशित मिति:     १७ जेष्ठ २०८१, बिहीबार  |    Himali Khabar