महालक्ष्मी विकास बैंकको कामु सिईओमा लम्साल

महालक्ष्मी विकास बैंकको कामु सिईओमा लम्साल

काठमाडौं, ३ फागुन । महालक्ष्मी विकास बैंककोे दिपेश लम्साललाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ। हिजो बसेको बैंक सञ्चालक समिति बैठकले उनलाई उक्त जिम्मेवारी दिएको हो ।

उनी बिगत १२ बर्ष देखि महालक्ष्मी विकास बैंकमा कार्यरत छन् । बिभिन्न वाणिज्य तथा विकास बैंकमा २५ बर्ष काम गरेको अनुभव लम्सालसँग छ ।

प्रकाशित मिति:     ३ फाल्गुन २०७७, सोमबार  |    Himali Khabar