हुम्तो ब्रान्डको शो रुम काठमाडौंको न्युरोडमा, ट्रेकिङ जानेका लागि आवश्यक सबै सामान एकै स्थानमा पाइने

हुम्तो ब्रान्डको शो रुम काठमाडौंको न्युरोडमा, ट्रेकिङ जानेका लागि आवश्यक सबै सामान एकै स्थानमा पाइने

काठमाडौं । कतै ट्रेकिङ जाने सोचमा हुनुहुन्छ ? र, त्यसका लागि आवश्यक सामानहरु एकै ठाउँमा कहाँ किन्ने भन्ने सोचमा हुनुहुन्छ, भने अब तपाईहरुका लागि सहज हुने भएको छ । ट्रेकिङ र स्पोट्स वेयरका लागि आवश्यक सामानहरुका लागि विश्व प्रख्यात चिनियाँ ब्रान्डेड कम्पनी हुम्तो नेपाल भित्र्याइएको छ ।

नेपालमा पहिलो पटक हुम्ताको शो रुम काठमाडौंको न्युरोड स्थित नेपा कम्पेक्समा संचालनमा ल्याइएको हो ।

विशेषगरी ट्रेकिङ जानेहरुका लागि आवश्यक पर्ने जुत्ता, कपडा, टेन्टलगायत सबै सामाग्री हुम्तोमा पाइने छ । नेपाली उपभोक्तामा गुणस्तरीय र विश्वविख्यात ब्राण्डप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै हुम्ता ब्रान्ड नेपाल भित्र्याइएको कम्पनीले जनाएको छ । हुम्तो विश्वव्यापी रुपमै गुणस्तरीय ब्रान्डको रुपमा स्थापित छ । नेपालीहरुको बढ्दो ब्रान्डप्रतिको आकर्षण मध्यनजर गर्दै सस्तो र सुलभ मूल्यमा गुणस्तरीय सामान उपलब्ध गराउने उद्धेश्यले हुम्तो नेपाल भित्र्याइएको हुम्तो नेपालका कार्यकारी निर्देशक सुदर्शन न्यौपानले जानकारी दिनुभयो ।

न्युरोडसंगै अब छिट्टै नै काठमाडौको सिभिल मल, दरबारमार्ग, ठमेल, पोखरा लगायतका पर्यटकीय शहर र अन्य मुख्य शहरमा शाखा विस्तार गरिने उनले जानकारी दिनुभयो । हुम्तोले सोरुम उद्धघाटनसंगै बिक्रीमा २० प्रतिशत छुटको समेत व्यवस्था गरेको छ ।

प्रकाशित मिति:     ५ आश्विन २०८०, शुक्रबार  |    Himali Khabar