अधिकांश पुरानै नीतिलाई निरन्तरता दिदै राष्ट्र बैंकले गर्यो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

अधिकांश पुरानै नीतिलाई निरन्तरता दिदै राष्ट्र बैंकले गर्यो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

काठमाडौं, ३ फागुन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा अधिकांश नीतिहरूलाई निरन्तरता दिएको छ । कोरोनाको समस्या अझै रहेको भन्दै धेरैजसो पुरानै नीतिलाई निरन्तरता दिदै मौद्रिक नीतिको समिक्षा सार्वजनिक गरेको हो ।

तर ऋण पुनर्तालिकीकरण गर्ने सुविधा भने राष्ट्र बैंकले थपिदिएको छ । राष्ट्र बैंकले उद्योग व्यवसायहरूमा अझै समस्यामा रहेको भन्दै एक पटकका लागि ऋणीलाई पुनर्तालिकीकरण गर्ने सुविधा दिने भएको हो ।

त्यस्तै विद्युतीय भुक्तानी कारोबारलाई प्रोत्साहन गर्ने मौद्रिक नीतिले गरेको छ । अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात लगायतका विद्यमान व्यवस्थालाई यथावत राखिएको छ ।

दश मेगावाट भन्दा साना जलबिद्युत् आयोजनाहरूको विशेष पुनरकर्जामा पहुँच पु¥याउन आवश्यक व्यवस्था गरिने जनाइएको छ ।

प्रकाशित मिति:     ३ फाल्गुन २०७७, सोमबार  |    Himali Khabar