काठमाडौं । सोमबारको शेयर कारोबरामा राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् । सोमबार यस कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै बढेको छ।
कम्पनीको शेयर मूल्य आइतवारको तुलनामा १० प्रतिशतले वृद्धि भएर सबैभन्दा बढी शेयर मूल्य भएको कम्पनी बनेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता १९ हजार २५० पुगेको हो । यो मूल्य नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुको शेयर मूल्यभन्दा बढी हो ।