काठमाडौं। महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा आज नकरात्मक सर्किट लागेको छ। साधारण सेयर (आईपीओ) बाँडफाँड गरेर कारोबार सुरु भएपछि बढ्न थालेको कम्पनीको सेयर आज ९.८० प्रतिशतले घटेको हो।
कम्पनीले गत फागुनमा सेयर बाँडफाँड गरेको थियो। त्यसयता निरन्तर तीन महिना कम्पनीको सेयर बढेर प्रतिकित्ता ५ हजार रुपैयाँभन्दा माथि पुगेको थियो। तर, आज प्रतिकित्ता ४९३ रुपैयाँ घटेर ४५ सय ३७ रुपैयाँमा आइपुगेको छ।