सीइडीबी हाइड्रोपावरको आइपीओ भर्नुभो ? आज हो अन्तिम दिन

सीइडीबी हाइड्रोपावरको आइपीओ भर्नुभो ? आज हो अन्तिम दिन

काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओमा आवेदन दिने वैशाख २१ गते (आज)अन्तिम दिन हो । लगानीकर्ताले आज मंगलबार कार्यालय समय भित्र आवेदन दिन सक्नेछन् ।

यसमा मागभन्दा बढी आवेदन परिसकेको छ । कम्पनीले वैशाख १७ गतेबाट कुल २५ लाख १८ हजार २३० कित्ता आइपीओ बिक्री खुला गरेको छ । यसमध्ये २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५प्रतिशत ले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ ।

बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १०० रुपैयाँका दरले आवेदन दिन पाइनेछ । लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मरोसेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति:     २१ बैशाख २०७८, मंगलवार  |    Himali Khabar