१३ महिनामा ७३ करोड ८६ लाखको सेनिटाइजर आयात

१३ महिनामा ७३ करोड ८६ लाखको सेनिटाइजर आयात

काठमाडौं। नेपालमा कोरोना महामारी सुरु भएयताको १३ महिनामा मात्र विभिन्न देशबाट ७३ करोड ८६ लाख ६५ हजार रुपैयाँको सेनिटाइजर आयात गरिएको छ।

भन्सार विभागको तथ्यांक अनुसार २०७६ चैत १ गतेदेखि २०७७ चैत मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको सेनिटाइजर आयत गरिएको हो । चालु आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि चैत मसान्तसम्म मात्र ४९ करोड ३० लाख ९६ हजारको सेनिटाइजर आयत भएको छ ।

प्रकाशित मिति:     २० बैशाख २०७८, सोमबार  |    Himali Khabar