रुरु जलविद्युतको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

रुरु जलविद्युतको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । रुरु जलविद्युत कम्पनीको आइपीओ आइतबार नेप्सेमा सूचीकरण भएको छ । कम्पनीको ४० लाख ७७ हजार ५५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । यस कम्पनीले चुक्ता पुँजीका अधारमा कायम सेयर सूचीकरण गरेको हो । अब सोमबारबाट यसको सेयर कारोबार पनि खुला हुनेछ ।

नेप्सेले रुरु को ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम ११८ रुपैयाँ ८४ पैसादेखि अधिकतम ३५६ रुपैयाँ ५२ पैसाको रेन्जमा रहेर हुनेछ । रुरु जलुविद्युतले चैत २० गतेदेखि २४ गतेसम्म प्रतिकित्ता १२० रुपैयाँको दरमा कुल ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्कासन गरेको थियो ।

प्रकाशित मिति:     १९ बैशाख २०७८, आईतवार  |    Himali Khabar