सीईडीबी हाइड्रोपावरको आईपीओ बिक्री खुला, कतिदिने आवेदन ?

सीईडीबी हाइड्रोपावरको आईपीओ बिक्री खुला, कतिदिने आवेदन ?

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ विक्री गर्दैछ ।

कम्पनीले २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ विक्री गर्न लागेको हो ।
कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये २ प्रतिशतका दरले ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सार्वजनिक निष्कासन गर्न लागेको हो ।

उक्त आईपीओ छिटोमा वैशाख २१ गते र ढिलोमा वैशाख ३१ गतेसम्म विक्रीमा रहनेछ ।

प्रकाशित मिति:     १७ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar