एकान्तकुनामा नेपालकै पहिलो ट्रुकेयर फार्मेसी र ब्युटी स्टोर सञ्चालनमा

एकान्तकुनामा नेपालकै पहिलो ट्रुकेयर फार्मेसी र ब्युटी स्टोर सञ्चालनमा

काठमाडौं । ललितपुरको एकान्तकुनामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय शैलीको औषधी तथा सौन्दर्य स्टोर, ट्रुकेयर फार्मेसी र ब्युटी स्टोर सञ्चालनमा आएको छ। हिजो शनिबार विभिन्न आमन्त्रित अतिथीहरुको उपस्थितिमा सो स्टोरको उद्घाटन गरिएको हो ।

स्टोरको उद्घाटन नेपालकी अग्रगामी मेकअप आर्टिस्ट स्नेह राणाले गर्नुभएको थियो। ट्रुकेयर फार्मेसी र ब्युटी स्टोर नेपालकै पहिलो अन्तर्राष्ट्रिय शैलीको फार्मेसी हो। औषधि र औषधिजन्य उत्पादनहरुका साथै, यस स्टोरमा सुप्रसिद्ध स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डका सौन्दर्य, स्वास्थ्य, फिटनेस र वेलनेस उत्पादनहरू ग्राहकहरूले एउटै छाना मुनि पाउनेछन्।

समारोहमा आयोजित छोटो प्रेस साक्षातकार कार्यक्रममा ट्रुकेयरका प्रमुख कार्यकारी अधिकृत शाश्वत बज्राचार्यले ट्रुकेयर फार्मेसी र ब्यूटीस्टोरले ग्राहकहरुको अनुभवलाई उच्च प्राथमिकतामा राख्ने बताउनु भयो ।

प्रकाशित मिति:     २७ कार्तिक २०७९, आईतवार  |    Himali Khabar