ग्लोबल आइएमईको ऋणपत्र निष्कासन

ग्लोबल आइएमईको ऋणपत्र निष्कासन

काठमाडौं, १ चैत । ग्लोबल आइएमई बैंक लिमिटेडले आजदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले १० वर्ष अवधिको ‘८ दशमलव ५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६–८७’ निष्कासन गर्न लागेको हो ।

बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । कुल ऋणपत्रमध्ये १८ लाख कित्ता कम्पनीले परिपत्र विधिबाट विभिन्न संघ संस्थाहरुलाई व्यक्तिगत तवरले विक्री गर्नेछ भने १२ लाख कित्ता ऋणपत्र भने आम सर्वसाधारणका लागि विक्री गर्न लागेको हो ।

सर्वसाधारणमध्ये बाट पनि ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी ११ लाख ४० हजार कित्ता सार्वजनिक निष्कासन गर्न लागेको हो । यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । ऋणपत्र छिटोमा चैत ४ गते र ढिलोमा चैत १६ गतेसम्म विक्री खुला रहने बताएको छ ।

प्रकाशित मिति:     १ चैत्र २०७७, आईतवार  |    Himali Khabar