महासंघको स्थानिय आार्थिक विकास समिति विस्तार

महासंघको स्थानिय आार्थिक विकास समिति विस्तार

काठमाडौं, २ चैत । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य सुरकृष्ण वैद्यको सभापतित्वमा गठित स्थानिय आार्थिक विकास समिति विस्तार गरिएको छ। समितिको सह–सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू उमेश डालमिया र महेन्द्रकुमार श्रेष्ठ छन् ।

यस्तै महासंघका कार्यकारिणी समितिका सदस्यहरू चक्र बहादुर अधिकारी, कुबिर कुमार श्रेष्ठ, अमृत भट्टचन, गजेन्द्रकुमार भगत, गोपाल केडिया र सुनिता नेमाफुकी छन् ।

टिकापुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष परशुराम चपाई, बझाङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेली, दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष कुलबहादुर विक, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बीर बहादुर राउत, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवन प्रजापति, दोलखा उद्यँेग वाणिज्य संघका पूर्व उपाध्यक्ष दिनेश बस्नेत, रामेछाप उद्योग वाणिज्य संघका सल्लाहकार जेएन दाहाल, ललितपुर उद्योग वाणिज्य संघका सदस्य मिलन शाक्य, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप श्रेष्ठ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष वेद बहादुर श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु, धादिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजकुमार श्रेष्ठ,गौशाला उद्योग वाणिज्य सघका अध्यक्ष रामराजा प्रसाद साह, उद्यँेग वाणिज्य संघ इटहरीका सचिव विष्णुनारायण डांगी, सुनसरी उद्योग वाणिज्य संघका उपाध्यक्ष शिवराज श्रेष्ठ, झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरु(राजु), ओेखलढुंगा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र मास्के, नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कुन), नयां बानेश्वरका कोषाध्यक्ष दिपक पनेरु, देवचुली उद्योग वाणिज्य संघ, नवलपरासीका अध्यक्ष रेशमलाल सापकोटा, उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठ, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री, गुर्खा इनकाउन्टर प्रा.लि.का प्रतिमा भट्ट समितिमा विशेष आमन्त्रित छन्।

त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व सचिव हरिहर सुवेदी समितिको सल्लाहकार छन् ।

प्रकाशित मिति:     २ चैत्र २०७७, सोमबार  |    Himali Khabar