नेपाल–स्वीस चेम्बर अफ कमर्समा नयाँ कार्यसमिति चयन

नेपाल–स्वीस चेम्बर अफ कमर्समा नयाँ कार्यसमिति चयन

काठमाडौं, १ चैत । नेपाल–स्वीस चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजमा ७ सदस्यिय नयाँ कार्यसमिति चयन भएको छ। संस्थाको पाँचौं वार्षिक साधारण सभाले आगामी चार वर्षका लागि खेमराज लकाईंको अध्यक्षतमा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा सुशील थापा, द्वितीय उपाध्यक्षमा कविरजंग थापा, कोषाध्यक्षमा डा. सोनी महतो चयन भएका छन् । त्यसै सदस्यहरुमा शिवागिंनी राणा, दावा साङ्गे शेर्पा र अमृताञ्जली शाक्य चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष खेमराज लकाईंले नेपाल र स्वीट्जरल्याण्डबीच लामो मित्रता तथा व्यापारिक सम्बन्ध रहेको बताउँदै त्यसलाई अझै विकसित गरेर लैजानुपर्ने बताए । नेपाल र स्वीट्जरल्याण्डबीच पर्यटन, सूचना–प्रविधि, वित्तीय क्षेत्र, निर्माण क्षेत्रलगायत धेरै क्षेत्रमा नेपालले साझेदारी गरेर जान सक्ने भन्दै संघले दुई देशबीचको व्यापार प्रवद्र्घन गर्नमा जोड दिने बताए ।

यस्तै संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष गिरी नियुक्त भएका छन् ।

प्रकाशित मिति:     १ चैत्र २०७७, आईतवार  |    Himali Khabar