तान्जिनियामा महिला सांसदलाई ‘टाइट पाइन्ट’ लगाउन रोक

तान्जिनियामा महिला सांसदलाई ‘टाइट पाइन्ट’ लगाउन रोक

एजेन्सी। तान्जिनियामा महिला आफूलाई मन पर्ने पहिरन लगाउन पाउँदैनन्। त्यहाँकी महिला सांसद कोन्डेस्टर सिजवेलले टाइट पाइन्ट लगाएको निहुँमा संसदबाट बाहिर निकालिएको छ। उनाई सांसदका सभामुखले बाहिर निकालेका हुन्।

सभामुखले सिजवेललाई ‘‘जानोस् पहिला उपयुक्त कपडा पहिरनोस् अनि संसद्मा आउनुस्।’ भनेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । त्यसअघि एक पुरुष सांसदले कोन्डेस्टरको कपडा देखाउँदै ‘हाम्रा केही बहिनीहरु अनौठो कपडा लगाउँछन्, यिनले समाजलाई के देखाउँदै छन्’ भन्ने टिप्पणी गरेका थिए ।

प्रकाशित मिति:     २४ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar