विश्वमै सबैभन्दा धेरै व्यक्तिले खोप लगाउने मुलुकमा चीन बन्यो पहिलो

विश्वमै सबैभन्दा धेरै व्यक्तिले खोप लगाउने मुलुकमा चीन बन्यो पहिलो

बेइजिङ । चीनमा कोभिड–१९ विरुद्धको खोप करिब ४४ करोड व्यक्तिले लगाएका छन् । राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनको मुख्य भूभागमा स्थानीय स्तरमा कोभिड–१९ संक्रमणका घटना देखिन थालेपछि खोप अभियानलाई थप तीब्र बनाइएको छ । दैनिक खोप लगाउने दर झण्डै दोब्बर बनाइएको पनि आयोगले जनाएको छ । यी दिनहरुमा दैनिक १ करोड २० लाखभन्दा बढी डोज खोप लगाइएको छ ।

विमै बढी खोप लगाउने मुलुकको रेकर्ड समेत चीनले बनाएको छ । संयुक्तराज्य अमेरिकामा हालसम्म बालबालिका बाहेक खोप लगाउन योग्य जनसंख्याको झण्डै ५७ प्रतिशत अर्थात् १५ करोड ८४ लाखले करिब २८ करोड डोज खोप लगाएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

विश्वभर हाल कोभिड–१९ विरुद्धको १ अर्ब ५३ करोड डोज खोप लगाइएको छ । कोरोना भाइरस महामारीका कारण विश्वभर ३४ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने १६ करोड ४३ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।

प्रकाशित मिति:     ७ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar