चिमिलेको उत्पादन बन्द

चिमिलेको उत्पादन बन्द

काठमाडौं, २३ फागुन । चिलिमे विद्युत् केन्द्रमा उपकरण परिवर्तन गर्ने काम सुरु भएकाले उत्पादन बन्द भएको छ। २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन गर्न जडान भएका उपकरण पुरानो भएकाले नयाँ उपकरण परिवर्तन गर्नका लागि विद्युत् उत्पादन बन्द गरिएको हो।

केन्द्रका प्रमुख मनिष विष्टका अनुसार प्रयोग भइराखेको उपकरण परिवर्तन गराउन द्रुतरूपमा काम अगाडि बढिरहेको र चार–पाँच दिनभित्र जडान सम्पन्न गरी पुनः यथावतरूपमा सञ्चालन गर्ने लक्ष्य राखिएको छ।

विसं २०६० भदौ ८ गतेबाट उत्पादन सुरु भएको २२ मेगावाट उत्पादन क्षमताको विद्युत गृहमा जडित उपकरण निकै पुरानो भएकाले पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै उत्पादनकार्य निरन्तर सहज पार्न पुराना हटाई नयाँ उपकरण जडान गर्न थालिएको केन्द्र प्रमुख विष्टले जानकारी दिए।

प्रकाशित मिति:     २३ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar