पेट्रोल लिटरको १६०, डिजेल र मट्टितेल १४३ पुग्यो

पेट्रोल लिटरको १६०, डिजेल र मट्टितेल १४३ पुग्यो

काठमाडौं । नेपाल आयलग निगमले फेरि इन्धनको मूल्य बढाएको छ।

निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले मंगलबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएको हो।

निगमले पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ बढाएर १६० रुपैयाँ प्रतिलिटर कायम गरेको छ। यस्तै, डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ प्रतिलिटर पुगेको छ।

निगमले हवाई इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाएको छ। मूल्य बढेपछि हवाई इन्धन आन्तरिकको मूल्य प्रतिलिटर १५६ रुपैयाँ पुगेको छ।

प्रकाशित मिति:     २३ चैत्र २०७८, बुधबार  |    Himali Khabar