डिम्याट खाता खोल्नेको सङ्ख्या ५० लाख नाघ्यो

डिम्याट खाता खोल्नेको सङ्ख्या ५० लाख नाघ्यो

काठमाडौं । धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता पछिल्लो समय उत्साहजनकरूपमा बढ्दै गएको देखिएको छ । गत आर्थिक वर्षको असारसम्ममा करिब ३७ लाखको सङ्ख्यामा रहेको हितग्राही खाता (डिम्याट खाता) चालु आवको फागुन १६ गतेसम्म ५० लाख नाघेको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार हाल डिम्याट खाताको सङ्ख्या ५० लाख सात हजार २४२ छ । त्यस्तै डिम्याट खाताका साथै मेरो शेयर खाताको सङ्ख्यासमेत बढेको छ । सिडिएसका अनुसार मेरो शेयरको सङ्ख्या ४१ लाख नाघेको छ । विवरणानुसार पछिल्लो समय डिम्याट र मेरो शेयर खाताको सङ्ख्या उल्लेख्य बढेको देखिन्छ ।

गत असार मसान्तसम्म २८ लाख ५५ हजार रहेको मेरो शेयरको सङ्ख्या ४१ लाख १९ हजारभन्दा बढी रहेको छ ।

प्रकाशित मिति:     १७ फाल्गुन २०७८, मंगलवार  |    Himali Khabar