धितापत्र बोर्डको अध्यक्षका लागि ५ जना छनोट, को बन्ला अध्यक्ष ?

धितापत्र बोर्डको अध्यक्षका लागि ५ जना छनोट, को बन्ला अध्यक्ष ?

काठमाडौं । नेपाल धितापत्र बोर्डको अध्यक्षका लागि ५ जना छनोट भएका छन् । अध्यक्ष छनोटका लागि गठित सिफारिस समितिले पहिलो चरणमा ५ जनालाई छनोट गरेको हो ।

सोमबार बसेको सिफारिस समितिको बैठकले १५ आवेदक मध्ये उत्कृष्ट ५ को छनोट गरेको हो । छनोट भएका उत्कृष्ट ५ मा निरज गिरी, गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, रमेशकुमार हमाल र कृष्णराज पोखरेल रहेका छन् ।

छनोट भएका ५ जनामध्येबाट समितिले ३ जनाको नाम सिफारिस गर्ने छ । ती मध्येबाट सरकारले एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।

प्रकाशित मिति:     २५ माघ २०७८, मंगलवार  |    Himali Khabar