प्यान कार्ड लिनेको संख्या ४० लाख नाघ्याे

प्यान कार्ड लिनेको संख्या ४० लाख नाघ्याे

काठमाडौं । सरकारले करको दायरा वृद्धि गर्दै लगेसँगै करदाताको संख्यामा उल्लेख्य रूपमा वृद्धि भएको छ । नेपालमा हालसम्म व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको संख्या ४० लाख नाघेको आन्तरिक राजस्व विभागले जानकारी दिएको छ ।

विभागका अनुसार आर्थिक वर्ष २०७७÷७८ को असार मसान्तसम्म व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ४० लाख ४९ हजार १०९ पुगेको छ । व्यक्तिगत करदाता २४ लाख ७१ हजार ७२६ र व्यावसायिक करदाता १५ लाख ७७ हजार ३८३ छन् । आव २०७७/७८ मा दुई लाख ४५ हजार ५६१ व्यावसायिक करदाता र पाँच लाख १७ हजार ३८३ व्यक्तिगत करदाता थपिएका छन् ।

प्रकाशित मिति:     २ मंसिर २०७८, बिहीबार  |    Himali Khabar