राष्ट्रिय जनगणना आजदेखि शुरु

राष्ट्रिय जनगणना आजदेखि शुरु

काठमाडौं । प्रत्येक १० वर्षमा सञ्चालन हुने राष्ट्रिय जनगणना आजदेखि शुरु भएको छ । आज बिहान साढे ९ बजे राष्ट्रपतिको विवरण संकलन गरी जनगणनाको शुभारम्भ गरिनेछ ।

कात्तिक २५ देखि मंसिर ९ गतेसम्म जम्मा १५ दिनको अवधिमा हुने जनगणनाको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

जनगणना सञ्चालन गर्न देशभरका ७ प्रदेशमा जनगणना कार्यालयसहित ८७ जिल्ला जनगणना कार्यालय र र त्यसअन्तर्गत ३ सय ४९ स्थानीय जनगणना कार्यालय स्थापना भएका छन् । विशेषगरी ठूलो र धेरै जनसंख्या भएका जिल्लाहरुमा एक भन्दा बढी जनगणना कार्यालयहरु स्थापना गरिएको छ । जनगणना तोकिएकै समयमा सक्नका लागि, ४० हजार गणक तथा ८ हजार पाँच सय सुपरिवेक्षक परिचालन हुनेछन् ।

प्रकाशित मिति:     २५ कार्तिक २०७८, बिहीबार  |    Himali Khabar