काठमाडौंमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने

काठमाडौंमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने

काठमाडौं । काठमाडौं जिल्लामा राती ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज विज्ञप्ति जारी गर्दै कोभिड–१९ संक्रमण हुन नदिन स्वास्थ्य मापदण्ड पालना गर्दैै देउसी खेल्न पाइने सूचना जारी गरेको हो ।

पटका, आतसवाजीजस्ता विस्फोटक एवं प्रज्वलनशिल पदार्थ उत्पादन, ओसारपोसार, विक्री वितरण तथा प्रयोग नगर्न समेत प्रशासनले निर्देशन दिएको छ ।देउसी भैलो खेल्दा राती ९ बजेसम्म मात्र सभ्य एवं शान्तिपूर्णरुपमा गर्ने र यस्ता कार्यक्रम गर्दा शान्तिपूर्णरुपमा गर्न पनि प्रशासनले भनेको छ ।

प्रकाशित मिति:     १६ कार्तिक २०७८, मंगलवार  |    Himali Khabar