प्रहरी अस्पतालमा अनियमितता गरेको आरोपमा एआइजी सिंहमाथि अनुसन्धान सुरु

प्रहरी अस्पतालमा अनियमितता गरेको आरोपमा एआइजी सिंहमाथि अनुसन्धान सुरु

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी अस्पताल महाराजगन्जमा आर्थिक अनियमितता भएको आशंकामा एआईजी डा. आशा सिंहमाथि अनुसन्धान अघि बढाएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सिंहमाथि अनुसन्धान गर्न मानवस्रोत तथा प्रशासन विभागका एआईजी विश्वराज पोखरेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका छन् ।
सिंह र आर्थिक खटनपटनमा संलग्न प्रहरीमाथि अनुसन्धान गर्न समितिलाई निर्देशन दिइएको छ । स्रोतका अनुसार कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भेन्टिलेटर खरिद गर्दा आर्थिक अनियमितता गरेको, आइसोलेसन वार्ड बनाउँदा रकम हिनामिना भएको, भारतबाट सेकेन्डह्यान्ड पीसीआर मेसिन किनेर नयाँ उपकरणसरह बिल भुक्तानी गरेको, अपारदर्शी रूपमा करारमा कर्मचारी नियुक्ति गरेकोलगायत आरोपमा एआईजी सिंह र अन्य प्रहरीमाथि अनुसन्धान गर्न समिति गठन भएको हो ।

एआईजी पोखरेल नेतृत्वको समितिमा महानिरीक्षकको कार्यालयका डीआईजी वसन्त लामासहित एसएसपीद्वय पूजा सिंह र भीम ढकाल तथा कानुन शाखाका डीएसपी ज्ञानेन्द्र बस्नेत छन् ।

प्रकाशित मिति:     ६ कार्तिक २०७८, शनिबार  |    Himali Khabar