मनास्लु हिमाल आरोहणका लागि बाटाे तयार, असोज १० देखि आरोहण शुरु हुने

मनास्लु हिमाल आरोहणका लागि बाटाे तयार, असोज १० देखि आरोहण शुरु हुने

काठमाडौं । मनास्लु हिमाल आरोहणका लागि तेस्रो क्याम्पभन्दा माथि अर्थात सात हजार मिटरसम्म बाटो निर्माण सम्पन्न भएकाले छ । अब असोज १० गतेदेखि आरोहण शुरु हुने छ ।

आरोहण मार्ग निर्माणको जिम्मा लिएको सेभेन समिट ट्रेकका आधारशिविर मेनेजर टासी लाक्पा शेर्पाका अनुसार आरोहीको सङ्ख्या बढी भएकाले यस वर्ष आरोहण व्यवस्थापन गर्न पनि चाँडै बाटो निर्माण गरी आरोहण सम्पन्न गर्ने लक्ष्य राखेको बताए । आरोही गाइड सोना शेर्पाको नेतृत्वमा निमाटासी शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, फुरा तेन्जिङ शेर्पा, पासाङ नुर्वु शेर्पा र टासि शेर्पाले मङ्गलबारसम्ममा सात हजार मिटरसम्म बाटो निर्माण गरी सकेको जनाएको छ ।

यस वर्ष मनास्लु हिमाल आरोहणका लागि १७ आरोहण दलबाट १३३ पुरुष र ३८ जना महिला गरी १७१ जना आरोहीले अनुमति लिएका छन् ।

प्रकाशित मिति:     ७ आश्विन २०७८, बिहीबार  |    Himali Khabar