दशैँअघि स्मार्ट लाइसेन्स नपाइने

दशैँअघि स्मार्ट लाइसेन्स नपाइने

काठमाडौं । सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) लिन बाँकी रहेकाले दशैँपछि मात्र पाउने भएका छन् ।
प्रिन्ट कार्ड अभाव भएपछि स्मार्ट लाइसेन्स दशैँअघि वितरण गर्न नसकिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

शान्ति सेना, वैदेशिक रोजगार तथा वैदेशिक अध्ययनमा जाने खालका अति आवश्यक व्यक्तिको लाइसेन्स भने वितरण गर्ने गरिएको छ ।

हाल विभागमा सात लाखप्रति लाइसेन्स प्रिन्ट गर्न बाँकी छन् । नवीकरण गर्न दिएका र नयाँ लाइसेन्स कुरिरहेका सेवाग्राहीले राजस्व बुझाइसकेपछि सेवा पाउन सकेका छैनन् ।

फ्रान्सबाट १४ लाखप्रति कार्ड ल्याउन सम्झौता भएको छ तर कार्ड ल्याउन नसक्दा प्रिन्टको काम रोकिएको छ । २०७२ सालमा स्मार्ट लाइसेन्स लागू भएपछि विभागले काम गर्न नसकेको हो । विभागले १४ लाख विद्युतीय लाइसेन्सका लागि २०७७ असार २९ गते एक महिनाको म्याद दिएर ग्लोबल टेन्डर गरेको थियो तर चौध महिना हुँदा पनि कार्ड ल्याएको छैन ।

प्रकाशित मिति:     ६ आश्विन २०७८, बुधबार  |    Himali Khabar