७४ वटा स्थानीय तहमा औद्योगिक ग्राम निर्माण हुँदै, यो बर्ष ५० वटा घोषणा गरिने

७४ वटा स्थानीय तहमा औद्योगिक ग्राम निर्माण हुँदै, यो बर्ष ५० वटा घोषणा गरिने

काठमाडौं । चालू आर्थिक वर्ष २०७८-०७९ मा ५० वटा औद्योगिक ग्राम घोषणा हुने भएका छन् । घोषणा गरी निर्माण गर्न बजेट विनियोजन भइसकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

घोषणा हुन बाँकी रहेका स्थानीय तहमा यस वर्ष घोषणा गरिनेछ । आर्थिक वर्ष २०७७/७८ मा ७० वटा औद्योगिक ग्राम घोषणा गर्ने योजना भए पनि २९ वटा मात्र गरिएको थियो । मापदण्डअनुसारका प्रस्ताव नआएपछि घोषणा नगरिएको मन्त्रालयले जनाएको छ ।

प्रत्येक स्थानीय तहमा एक औद्योगिक ग्राम स्थापना गरी सञ्चालनमा ल्याउने नीतिअनुसार आर्थिक वर्ष २०६७/७७ देखि औद्योगिक ग्राम घोषणा गरिँदै आएको छ । २०६७/७७ मा ४५ वटा औद्योगिक ग्राम घोषणा गरी निर्माण भइरहेको छ । हालसम्म ७४ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा भई निर्माण भएका छन् ।

प्रकाशित मिति:     ५ आश्विन २०७८, मंगलवार  |    Himali Khabar