परिक्षा पास गरेका ७ लाख सेवाग्राही स्मार्ट लाइसेन्सको पर्खाइमा

परिक्षा पास गरेका ७ लाख सेवाग्राही स्मार्ट लाइसेन्सको पर्खाइमा

काठमाडौं । स्मार्ट लाइसेन्स लिनका लागि करिब ७ लाख सेवाग्राही पर्खाइमा छन् । यातायात विभागका अनुसार अबको दुई महिनाभित्र स्मार्ट लाइसेन्स वितरणको काम सुरु हुने छ ।

कोरोना महामारीका कारण विदेशबाट कार्ड ल्याउन नसकेकाले ६/७ महिनादेखि लाइसेन्स वितरण गर्न नसकेको भन्दै अबको दुई महिनाभित्र वितरण गरिने जानकारी दिएको छ । अबको एक/डेढ महिनाभित्र १४ लाख स्मार्ट कार्ड आउन लागेको बताइएको छ ।

छपाइमा भएको ढिलाइका कारण लाइसेन्स लिन सेवाग्राही वर्षदिन कुर्नपर्ने बाध्यताका कारण विकल्पमा विभागले अस्थायीरूपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको हो।

प्रकाशित मिति:     २० भाद्र २०७८, आईतवार  |    Himali Khabar