भोलीदेखि फिल्म हल खुलाउन पाइने

भोलीदेखि फिल्म हल खुलाउन पाइने

काठमाडौं । काठमाडौं उपत्यकाका फिल्म हलहरु भोलिदेखि खुल्ने भएका छन् । आज बसेको काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले कोभिड प्रोटोकल पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिने निर्णय गरेको हो ।

स्वास्थ्य मापदण्ड पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिइएको हो । प्रशासनको आदेशको पालना भए नभएको अनुगमन गर्ने समेत निर्णय भएको छ । सीडीओको बैठकले जारी निषेधाज्ञालाई भदौ मसान्तसम्म थप्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति:     १६ भाद्र २०७८, बुधबार  |    Himali Khabar