टेलिभिजनमा एमसीसीको बिज्ञान बज्न थालेपछि चौतर्फी बिरोध

टेलिभिजनमा एमसीसीको बिज्ञान बज्न थालेपछि चौतर्फी बिरोध

काठमाडौं । संसद्मा विचाराधीन रहेको विषय मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) नेपालमा बहुचर्चित परियोजनामा पर्छ । केही यसलाई नेपालकै विकासका लागि ल्याउन लागेको भन्ने विश्लेषण गर्छन् भने कोही भने यसले अमेरिकी स्वार्थ पूरा गर्न ल्याउन लागेको भन्ने विश्लेषण गर्छन् ।

एमसीसी हालकै अवस्थामा पारित गर्ने कि नगर्नेमा अन्योल भईरहेको समयमा विभिन्न सञ्चार माध्यमबाट भने यसले देशको फाइदा गर्ने भन्दै विज्ञापन बज्न सुरु गरेको छ । एपिवान टेलिभिजनले बिज्ञानपन प्रशारण गरेपपछि त्यस्को चौतर्फी बिरोध भएपछि त्यस्को प्रशारण बन्द गरेको छ ।

विज्ञापनमा एमसीसीले दिएको अनुदानको रकमबाट बिजुली उत्पादन गर्ने र त्यो बिजुली देशमा नै खपत गर्न सकिने र विदेशमा पनि निर्यात गर्न सकिने भनिएको छ । जसबाट नेपालको आर्थिक समृद्धिको जग पनि बलियो बनाउने भनिएको । साथै,एमसीसी आयोजना पनि देशको भविष्य रहेको बताइएको छ । तर, प्रशारण लाईनको काम प्राधिकरणले गर्ने हो । प्राधिकरणले ४०० के.भि. का प्रशारण लाईनहरू तयारी थाल्दै छ । देश भित्र सम्पूर्ण जनतालाई विद्युत्को पहुचमा पुर्याउन चाहिने प्रशारण लाईनको गुरू योजना प्राधिकरणसँग छ ।

प्रकाशित मिति:     १५ भाद्र २०७८, मंगलवार  |    Himali Khabar