सरकारले अघिल्लो सरकारले अध्यादेश मार्फत ल्याएको बजेट सच्याउने

सरकारले अघिल्लो सरकारले अध्यादेश मार्फत ल्याएको बजेट सच्याउने

काठमाडौं । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश मार्फ ल्याएको चालू आर्थिक वर्ष २०७८–०७९ को बजेट सच्याउने निर्णय गरेको हो ।आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी थिए ।

यस्तै बैठकले मन्त्रिमण्डललाई चाँडै पूर्णता दिने निर्णय गरेको छ ।

प्रकाशित मिति:     १४ भाद्र २०७८, सोमबार  |    Himali Khabar