काठमाडौंमा राती ८ बजेपछि सवारीसाधन चलाउन नपाइने नियम हट्याे

काठमाडौंमा राती ८ बजेपछि सवारीसाधन चलाउन नपाइने नियम हट्याे

काठमाडौं । कोभिड-१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ १६ गतेसम्म लम्बिएको छ । आज बसेको उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साविककै आदेशलाई निरन्तरता दिँदै निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

अहिलेको निषेधाज्ञा भदौ ८ गतेसम्म कायमै छ । पुरानै ‘मोडालिटी’लाई निरन्तरता दिँदै निषेधाज्ञा थप गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

राती ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाइने नियमलाई भने तत्कालका लागि हटाइएको छ ।

प्रकाशित मिति:     ८ भाद्र २०७८, मंगलवार  |    Himali Khabar