सरकारको कुल बेरुजु ६ खर्ब ७६ अर्ब ४१ करोड पुग्यो

सरकारको कुल बेरुजु ६ खर्ब ७६ अर्ब ४१ करोड पुग्यो

काठमाडौं । आर्थिक वर्ष २०७६–७७ को लेखापरीक्षणबाट १ खर्ब ४ अर्ब ३८ करोड रुपैयाँ बराबर बेरुजु थपिएको छ। यो सहित सरकारको कुल बेरुजु ६ खर्ब ७६ अर्ब ४१ करोड रुपैयाँ बराबर पुगेको छ ।

महालेखा परीक्षकको कार्यालयका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा संघ सरकारको ३ हजार ७९ वटा सरकारी निकाय र कार्यालयको १५ खर्ब ५५ अर्ब ८१ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएकोमा ४४ अर्ब ३९ करोड अर्थात् २. ८६ प्रतिशत बेरुजु देखिएको छ । प्रदेश मातहतका १ हजार १९ वटा निकाय र कार्यालयहरुको २ खर्ब ३७ अर्ब ४१ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएकोमा ६ अर्ब ५० करोड अर्थात् २.७४ प्रतिशत बेरुजु देखिएको छ ।

यस्तै स्थानीय तहको ८ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ बराबरको लेखापरीक्षणमा ५ प्रतिशत अर्थात् ४० अर्ब ८३ करोड रुपैयाँ बराबरको बेरुजु देखिन्छ । ।

प्रकाशित मिति:     ४ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar