काठमाडौं उपत्यकाको सिडिओका लागि सहसचिवहरुको दौडधुप, कसले मार्ला बाजी ?

काठमाडौं उपत्यकाको सिडिओका लागि सहसचिवहरुको दौडधुप, कसले मार्ला बाजी ?

काठमाडौं । काठमाडौं उपत्यकाको प्रमुख जिल्ला अधिकारी (सिडियो) का लागि दौडधुप सुरु भएको छ । गृह मन्त्रालयले सिडिओको सरुवा गर्ने तयारी थालेपछि काठमाडौं, भक्तपुर र ललितपुरको सिडिओका लागि सहसचिवहरू दौड्नमा लागेका छन् ।

महत्त्वपूर्ण र शक्तिशाली मानिने काठमाडौंका लागि गृह मन्त्रालय सहसचिव तथा कर्मचारी प्रशासन महाशाखा प्रमुख गोविन्द रिजाल, श्रम मन्त्रालयका सहसचिव विनोद सिंह, गृहकै शान्ति सुरक्षा महाशाखा प्रमुख फणीन्द्र पोखरेलले लबिङ गरिरहेका छन् ।

त्यसैगरी ललितपुर जिल्लाको लागि मन्त्रालयकै अर्का वरिष्ठ सहसचिव घनश्याम उपाध्याय, हुमकला पाण्डे, तीर्थ भट्टराई र यज्ञ कोइरालाको चर्चा छ भने भक्तपुरका लागि ऋषि तिवारी, शम्भु मरासिनी, प्रेम भट्टराई, दीपक काफ्लेको नाम चर्चामा छन् ।

प्रकाशित मिति:     ३ भाद्र २०७८, बिहीबार  |    Himali Khabar