आजदेखि मुलुकभर स्मार्ट लकडाउन लागू

आजदेखि मुलुकभर स्मार्ट लकडाउन लागू

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सर्कुलरको आधारमा आजेखि मुलुकभर स्मार्ट लकडाउनको कार्यविधि लागू भएको छ । यही कार्यविधिको आधारमा जिल्ला प्रशासन कार्यालयहरुले स्थानीय निकायहरुमा स्मार्ट लकडाउनको आदेश लागू गर्न सक्नेछन् ।

सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले भदौ १ गतेदेखि मुलुकका ७७ वटै जिल्लामा कार्यविधि लागू भएको जनाए । जसअनुसार मुलुकलाई संक्रमण दर, मृत्युदर, स्वास्थ्य पूर्वाधारको अवस्था र बिरामीको चाप हेरेर रेड, एम्बर, एल्लो र ग्रीन जोनमा विभाजित गर्ने गरिनेछ । रेडजोनमा समावेश भएका जिल्ला, महानगर, पालिकामा पूर्णरुपमा निषेध गर्ने र अन्य रङलाई गाइडलाइनको आधारमा निषेधाज्ञा खुकुलो बनाउने सीसीएमसीको तयारी छ ।

स्मार्ट लकडाउनको गाइडलाइनअनुसार डीसीएमसी र पालिकाहरुलाई संक्रमणको परिस्थिती हेरेर निषेधाज्ञा गर्ने जिम्मा दिइएको छ । पछिल्लो समय मुलुकभर कोभिड संक्रमणमा वृद्धि भएको छ । सरकारले तेस्रो लहर आउन सक्ने भन्दै सचेत समेत गराएको छ ।

प्रकाशित मिति:     १ भाद्र २०७८, मंगलवार  |    Himali Khabar