प्रधानमन्त्री ओलीद्वारा मन्त्रीहरुकाे जिम्मेवारी हेरफेर

प्रधानमन्त्री ओलीद्वारा मन्त्रीहरुकाे जिम्मेवारी हेरफेर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुके जिम्मेवारी हेरफेर गरेका छन । प्रधानमन्त्री ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफैँसँग राखेर मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका हुन ।

विष्णुप्रसाद पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, जलस्रोत तथा सिंचाई र गृहमन्त्रालयको जिम्मेवारी दिएका छन । त्यस्तै कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिएको छ ।

बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी र लिलानाथ श्रेष्ठलाई कानून, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

प्रकाशित मिति:     १० असार २०७८, बिहीबार  |    Himali Khabar