पेट्रोल प्रतिलिटर १२७, डिजेल ११० र मट्टीतेलको ११० रुपैयाँ पुग्यो

पेट्रोल प्रतिलिटर १२७, डिजेल ११० र मट्टीतेलको ११० रुपैयाँ पुग्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन: बृद्धी गरेको छ । निगमले एक सूचना जारी गर्दै बुधबार रातिबाट लागू हुनेगरि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको बताएको हो ।

पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएको निगमले जानकारी दिएको छ । आज रातीबाट उपभोक्ताले समायोजित मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १२७, डिजेल ११० र मट्टीतेलको ११० रुपैया तिर्नु पर्ने छ । यसै गरि आन्तरिक तर्फको हवाई इन्धनको मूल्य ८२ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति:     ९ असार २०७८, बुधबार  |    Himali Khabar