शर्मासहित ३ जनाविरुद्ध एक अर्ब ३३ लाखभन्दा बढी बीगो दावी सहित विशेष अदालतमा मुद्धा दायर

शर्मासहित ३ जनाविरुद्ध एक अर्ब ३३ लाखभन्दा बढी बीगो दावी सहित विशेष अदालतमा मुद्धा दायर

काठमाडौं । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणी शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछर्यौट आयोग, २०७१ का सदस्यसमेत रहेका शर्मासहित अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकालविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।

तीनजनाबाट विगोवापत एक अर्ब ३३ लाख २० हजार ३ सय ८५ कायम गरी आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताएका छन् ।

उनीहरूले अधिकारक्षेत्र बाहिर गई वदनियतपूर्वक करदाताहरुसँग कर फर्छ्यौट सम्झौता गरी राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

प्रकाशित मिति:     ९ असार २०७८, बुधबार  |    Himali Khabar