काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक हप्ताका लागि लम्बाउने निर्णय

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक हप्ताका लागि लम्बाउने निर्णय

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक हप्ताका लागि लम्बाइने भएको छ । उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले सो निर्णय गरेका हो ।

पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि सोमबार रातीबाट सकिँदैछ । उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।

प्रकाशित मिति:     ६ असार २०७८, आईतवार  |    Himali Khabar