काठमाडौं उपत्यकामा अझै ७ देखि १० दिन निषेधाज्ञा थप्ने

काठमाडौं उपत्यकामा अझै ७ देखि १० दिन निषेधाज्ञा थप्ने

काठमाडौं । कोरोना संक्रमणको जोखिम कम गर्न काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई पुन: ७ देखि १० दिनसम्म थप गर्ने तयारी भएको छ ।

उपत्यकामा भाइरस संक्रमण उल्लेखनीयरुपमा नघटेकाले जारी निषेधाज्ञाको अवधि थप्ने तयारी भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए । अहिलेको निषेधाज्ञाको अवधि असार ७ गते मध्यरातसम्म कायमै छ । सात गते अगाडि बस्ने काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्लाका सीडीओहरुको संयुक्त बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गर्नेछन् । साथै, प्रशासनले थप आदेश पनि जारी गर्ने तयारी गरेका छन् ।

असार ८ गतेदेखि थपिने निषेधाज्ञा समयमा होलसेल, फेन्सी, भाँडा पसल लगायतलाई निश्चित समय दिएर खुलाउने तयारी भएको छ । यस्तै ग्राहकलाई बसेर खान नदिने सर्तमा केही समय दिएर खाजा र चिया पसल पनि खुलाउने बारे छलफल भएको बताइएको छ ।

प्रकाशित मिति:     ६ असार २०७८, आईतवार  |    Himali Khabar